१४ बैशाख २०८१, शुक्रबार

नेपाली कांग्रेसद्धारा रोल्पाको रुन्टीगढी गाउँपालिकामा प्रर्दशन

प्रकाशित मिति :  6 November, 2020 8:15 pm


रोल्पा,२१ कार्तिक ।

स्थानीय सरकारले अनियमितता र मनपरि गतिविधि गरेको भन्दै नेपाली कांग्रेस रोल्पाले रुन्टीगढी गाउँपालिकामा प्रर्दशन गरेको छ ।

नेपाली काङ्ग्रेस रुन्टीगढी गाउँपालिकाले आयोजना बिरोध प्रर्दशन गर्नुका साथै कोणसभा समेत गरेको हो । पार्टी कार्यालय भित्री बजार होलेरीदेखि गाउँपालिकाको कार्यालय सेवाकेन्द्र हुँदै जुर्नेटा बजारमा कोणसभामा परिणत भएको थियो।

यस अघि गत असोज २९ गते नेपाली कांग्रेस रुन्टीगढीले गाउँपालिका अध्यक्ष बालाराम बुढालाई खर्च सार्वजनिक लगायत २१ बुँदे माग सहित ज्ञापन पत्र बुझाएको थियो। १५ दिने अल्टिमेटम सहित बुझाएको मागहरुलाई गाउँपालिकाले चासो नदिएकाले आफूहरुले विरोध प्रर्दशन गरेको कांग्रेसको रुन्टीगढी गाउँपालिका सभापति जनक पुनले बताए ।

कोणसभामा बोल्दै सभापति पुनले स्थानीय सरकार गठन भएको तीन बर्ष बितिसक्दासम्म पनि स्थानीय सरकारले जनता पक्षमा काम नगरेको आरोप लगाए ।

 



प्रतिक्रिया दिनुहोस !