६ बैशाख २०८१, बिहिबार

कर्णाली प्रदेशका मुख्य मन्त्री शाही घोडाबाट लडेर घाइते, हेलिकप्टरबाट उद्धार गरियो

प्रकाशित मिति :  7 November, 2020 5:59 pm


हुम्ला,२२ कार्तिक ।

हुम्ला पुगेका कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाही घोडाबाट लडेर घाइते भएका छन् । सदरमुकामबाट सिमकोट गाउँपालिका वडा नं ३ को तोर्पा, बरगाउँदै हुँदै लिमाटाङ्ग जाने क्रममा हुडि गाउँ र लिमाटाङ्ग गाउँको बीचमा पर्ने खोलामा घोडाबाट लडेर मुख्य मन्त्री शाही सामान्य घाइते भएका हुन् ।

सदरमुकामबाट गाडीमा सवार भएका मुख्य मन्त्री शाहीलाई स्थानीय लामा समुदायले घोडामा चड्नका लागी स्वागत गरेपछि उक्त घोडाबाट लडेर शाही घाइते भएका हुन् । मुख्य मन्त्री शाहीले चडेको घोडा तर्सिदा लडेर घाइतेभएको नेपाल पत्रकार महासङ्घ हुम्ला शाखाका अध्यक्ष अर्जुन बोहराले जानकारी दिए ।

मुख्य मन्त्री शाहीलाई अहिल सिमकोटबाट हेलिकप्टर गएर उद्धार गरी सदरमुकाम ल्याइएको छ । मुख्य मन्त्री शाहीसँगै कर्णाली प्रदेशका प्रतिपक्षदलका नेता जीवनबहादुर शाही, नेकपाका केन्द्रीय सदस्य विजय भण्डारी, कर्णाली प्रदेशका प्रवक्ता बिमला केसीलगायतका नेता तथा कार्यकर्ता शाहीसँगै थिए । रासस



प्रतिक्रिया दिनुहोस !