१३ बैशाख २०८१, बिहिबार

दाङबाट रोल्पा जाँदै गरेको जीप दुर्घटना हुँदा पूर्वगाविस अध्यक्षसहित ३ जनाको मृत्यु

प्रकाशित मिति :  8 November, 2020 7:35 am


दाङ,२३ कार्तिक ।

दाङबाट रोल्पा जाँदै गरेको जीप दुर्घटना हुँदा पूर्वगाविस अध्यक्षसहित ३ जनाको मृत्यु भएको छ ।

दाङ तुलसीपुरबाट रोल्पाको राँकका लागि छुटेको लु १ ज २९११ नम्बरको जीप हिजो बेलुकी दुर्घटना हुँदा रोल्पाको साविक पाखापानी गाविस अध्यक्ष तथा नेपाली कांग्रेस रोल्पाका नेता गन्ज बहादुर बुढासहित ३ जनाको घटना स्थलमै मृत्यु भएको हो ।

जीप सल्यान र रोल्पाको सिमानामा पर्ने सल्यानको छत्रेश्वरी गाउँपालिका ४ तिबाङधुरीमा दुर्घटना भएको थियो । दुर्घटनामा ज्यान गुमाउनेमा बुढासहित गाडी चालक रोल्पा गंगादेव गाउँपालिका–७ निवासी ३५ वर्षीय भिम बहादुर वली र सोही ठाउँका १७ वर्षीय भिमराज बुढा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण वलीका अनुसार गाडीमा रहेका अन्य ५ जना भने सकुशल छन् । गाडी सडकदेखि झण्डै ३ सय मिटर तल खसेको र उकालोमा ब्याक गर्ने क्रममा गाडी दुर्घटना भएको प्रहरीको अनुमान छ ।



प्रतिक्रिया दिनुहोस !