६ बैशाख २०८१, बिहिबार

विवाद बढ्दै गएपछि नेकपा अनुशासन आयोगले भन्यो,”जति सकिन्छ चाँडो पार्टीको बैठक राखौं”

प्रकाशित मिति :  9 November, 2020 3:37 pm


काठमाडौं,२४ कार्तिक ।  

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्र विवाद चर्किरहेका बेला अनुशासन आयोगले चासो देखाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय अनुशासन आयोगका अध्यक्ष  अमृत कुमार बोहोराले आज विज्ञप्ति जारी गर्दै तत्काल पार्टीको बैठक बोलाउन माग गरेका छन् ।

विज्ञप्तिमा अध्यक्ष बोहोराले भनेका छन्, “कमरेडहरु, जति सकिन्छ चाँडो पार्टीको बैठक राखौं। बैठक राख्ने विषयलाई कुनै प्रतिष्ठाको विषय नबनाऔं। पार्टी एकताका बाँकी सबै कामहरु छिटो पुरा गर्दै पार्टी एकता प्रक्रियालाई दिगो र सुदृढ पार्न केन्द्रदेखि आधारभूत तहसम्मका पार्टीका सबै शक्तिलाई बैचारिक र संगठनात्मक रुपमा एकताबद्ध बनाऔं।”

पार्टीमा देखापरेका अनुशासन र पद्धतिहीनता, गुटबन्दी र अराजकता, कम्युनिष्ट आचरणमा बिचलन जस्ता विद्यमान विकृति र विसंगतिलाई सघन वैचारिक संघर्षद्धारा परास्त गर्नुपर्नेमा जोड दिदै बोहोराले संयम्, धैर्यता र राजनीतिक सुझबुझसहित जनता र राष्ट्रका समस्याका ध्यान केन्द्रित गर्दै पार्टीलाई एकताबद्ध र गतिशील बनाउन नेतृत्वगण प्रति विशेष अनुरोध गर्दछु।”

आयोगका अध्यक्ष बोहोराले पार्टीमा हिजो आज दिनहुँजसो सम्पूर्ण जनसमुदाय र आमपार्टीपंक्तिलाई निराश पार्ने “गालिगलौज” “निन्दा भत्र्सना” “आरोप–प्रत्यारोप” र “पार्टी विभाजन” जस्ता सुन्नै नसकिने अत्यन्त अप्रिय कुराहरु सार्वजनिक सञ्चारमाध्यमबाट आउने गरेको भन्दै यो लागि गम्भीर चिन्ताको विषय भएको उल्लेख गरेका छन् ।

आन्तरपार्टी विवाद सञ्चालनका निक्कै राम्रा माक्र्सवादी परम्परा रहेका भन्दै अध्यक्ष बोहोराले भनेका छन्, “विगतमा पार्टीमा उत्पन्न ठूलठूला विवादहरु पनि अन्तरपार्टी संघर्षका माध्यमबाट समाधान भएका धेरै उदाहरणहरु हामीसँग छन्। त्यतातर्फ म नेतृत्वगणको ध्यानाकर्षण गर्दछु।”

विज्ञप्तिमा अध्यक्ष बोहोराले भनेका छन्,”विधि र पद्धति पार्टीका प्राण हुन। पद्धति र प्रणाली रहेनन् भने पार्टी जीवन रहँदैन। यी कुराहरु हामीले बुझेकै छौं। तर हामी किन पार्टी विधान अनुसार विधि पद्धतिको पालना गर्दैनौरु बैठकको औचित्य र निर्णय पालनाको मर्मलाई किन बुझ्दैनौंर ? जनता र राष्ट्रको हितभन्दा के हाम्रा अरु कुनै स्वार्थ छन्रु अनि हामीहरु किन निःतान्त आत्मकेन्द्रित भएर सोच्दछौं । हामीले यो कुरा बुझ्नुपर्छ, माक्र्सवादीहरु हरेक कुरामा खुल्ला–खुलस्त हुन्छन्। भित्र एउटा कुरा र बाहिर अर्को कुरा गर्दैनन्। जालझेल र षड्यन्त्रलाई मनैदेखि घृणा गर्छन्। पार्टी र जनताका काममा कुनै गल्ती कमजोरी भए इमान्दारितापूर्वक आत्मालोचना गर्छन् र सच्याएर अघि बढ्छन्। एउटा कम्युनिष्टले अबलम्वन गर्नुपर्ने कार्यशैली भनेको यही नै हो। तर व्यवहारमा हाम्रो पार्टी यी कामहरुमा किन पछि परेको छ। सबैको मनमा प्रश्न उठिरहेको छ।”

पार्टीका निर्णयहरु आवश्यकताले कार्यान्वयनको लागि गरिने भन्दै अध्यक्ष बाहोराले दराजमा सजाउनको लागि होइन भनेका छन् । उनले भनेका छन्,”पार्टी एकताका समयदेखि स्थायी कमिटी र केन्द्रीय कमिटीका धेरै निर्णयहरु आजसम्म कार्यान्वयन नभई निस्क्रिय बसेका छन्। पार्टीका सम्पूर्ण निकाय अनुशासन आयोग, लेखा र निर्वाचन आयोग, सल्लाहकार परिषद र जेष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय विभागलगायत एकताका बाँकी कामहरु आजसम्म थाँतिरहेका छन्। यो दुःखद पक्ष हो।”

तीन महिना, एक महिना पन्ध्र दिन र दश दिनभित्र पूरा गर्ने भनेर भाखा राख्दै आएको पनि अहिले २९ महिना बितिसकेको भन्दै आयोगका अध्यक्ष बोहोराले भनेका छन्, “विधानले एकैछिन असंगठित राख्न नमिल्ने महत्वपूर्ण कमरेडहरु वर्षौंसम्म जिम्मेवारीविहीन हुँदा पार्टी नेतृत्वलाई किन घोच्दैन, किन पोल्दैन र यति महत्वपूर्ण विषयलाई प्राथमिकता किन राखिदैन ? यति सम्म कि लामो रस्साकस्सी र विवादपछि समाधान हेतु कार्यदलले प्रस्तावको रुपमा ल्याएको तथा २६ भदौ २०७७ को स्थायी कमिटी बैठकले कार्यान्वयनको निमित्त गरेको निर्णय समेत आजप्रर्यन्त अल्पत्र छन्। निर्णय कार्यान्वयन गर्ने तत्परता कतै देखिएकै छैन। बरु त्यसलाई अनेकौ बहानामा पन्छाउने काम भइरहेको छ।”

पार्टी नेतृत्वको सोच सधै फराकिलो हुनुपर्नेमा जोड दिँदै अध्यक्ष बोहोराले हृदयमा विशालता छैन भने त्यो कम्युनिष्ट हुँनै नसक्ने टिप्पणी गरेका छन् ।

उनले भनेका छन्,”संकृर्णता, आग्रह–पूर्वाग्रह, गुटबन्दी र रिस रागले पार्टी चल्न सक्दैन। उत्तेजना, आबेग र गालीगलौजले समस्याको हल हुँदैन। यसले त विवादलाई सरल होइन झन् जटिल बनाउँछ। तनावलाई सिथिल नगरी कि वार कि पार भन्ने ठाउँमा पुर्‍याउँछ। विनाशको बाटोतर्फ जाने यस्ता कुराको कल्पना हामीले गर्न मिल्छ र ? यो गल्ती हामीले कदापि गर्नु हुँदैन। पार्टीमा समस्या छन्, तिनलाई हामीले स्वीकार गर्नुपर्दछ। पार्टी विधान बमोजिम त्यसको समाधानमा पहल गुर्नपर्दछ।”

 

 

२०७७ कात्तिक २४
अमृत कुमार बोहरा
अध्यक्ष, केन्द्रीय अनुशासन आयोग
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०



प्रतिक्रिया दिनुहोस !