१५ चैत्र २०८०, बिहिबार

तिहारमा पुष्प व्यवसाय क्षेत्रमा झण्डै १० करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान

प्रकाशित मिति :  10 November, 2020 8:39 am


k”mn /]vb]v ub}{ Joj;foLltxf/ cl3g} k”mn k”mn]sfn] lrlGtt kf]v/f–!& lj/f}6fsL Ps k”mn Joj;foL . tl:a/ M xl/ af:tf]nf, kf]v/f, /f;;

काठमाडौं,२५ कार्तिक ।

व्यवसायीहरुले आसन्न तिहारका लागि पुष्प व्यवसाय क्षेत्रमा झण्डै १० करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरेका छन् ।

पुष्प व्यवसायीहरुको संगठन फ्लोरीकल्चर एशोसियसन नेपाल(फ्यान)का अनुसार १० लाख सयपत्री ३ लाख मखमली र अन्य माला ५० हजार बराबरको माग हुन सक्ने छ ।

यसबाट झण्डै १० करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको गठन फ्लोरीकल्चर एशोसियसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिए । कारोबारका हिसाबले अघिल्लो तिहारभन्दा झण्डै ५ करोड रुपैयाँ कम हो । फ्यानका अनुसार गत वर्षको तिहारमा २७ लाख मालाको कारोबार भएको थियो । कोरोनाका कारण यसवर्ष फूलको कारोबार घट्ने अनुमान छ ।

तिहारका लागि ३२ जिल्लामा ६ लाख भन्दा बढी विरुवाहरु उत्पादनमा रहेका छन् । यसपटक माग नेपाली उत्पादनले नै धान्ने अध्यक्ष कसजुको भनाई छ । फ्यानका अनुसार नेपालमा वार्षिक २ अर्ब २५ करोड रुपैयाँको कारोबार हुन्छ ।

जसमध्य आयात २६ करोड रुपैयाँको हुन्छ भने निर्याय जम्मा ५४ लाख रुपैयाँको मात्रै हुन्छ । फ्यानका अध्यक्ष कसजुले वार्षिक कारोबार ३ अर्ब रुपैयाँ पुराउने लक्ष्य रहेको बताए । नेपाल फूल उत्पादनमा आत्मनिर्भर उन्मुख रहेको भन्दै सरोकारवालाले थप अध्ययन अनुसन्धानमा जोड दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !