१५ बैशाख २०८१, शनिबार

मंगलबार सुनको मुल्यमा सामान्य वृद्धि

प्रकाशित मिति :  11 November, 2020 1:13 pm


काठमाडौं, २६ कात्तिक ।

मंगलबार भारी अंकलले घटेको सुनको मुल्य बुधबार भने सामान्य वृद्धि भएको छ । आज नेपाली बजारमा छापावाला सुनको मुल्य प्रतितोला १ सय रुपैयाँले बढेर ९४ हजार ९ सय रुपैयाँ र तेजाबी सुन ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

मंगलबार प्रतितोला ३४ सय रुपैयाँले घटेर छापावाल सुन तोलाको ९४ हजार ८ सय रुपैयाँ र तेजाबी सुन ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै मंगलबार प्रतितोला ७० रुपैयाँले घटेर १ हजार २ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !