१४ बैशाख २०८१, शुक्रबार

पूर्वमन्त्री भीमप्रसाद गौतमको निधन

प्रकाशित मिति :  12 November, 2020 10:09 am


काठमाडौं,२७ कार्तिक ।

पूर्व मन्त्री एवं जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य भीमप्रसाद गौतमको निधन भएको छ । ७२ वर्षको उमेर आज बिहान निधन भएको   छ । तनहुँको बन्दीपुर गाउँपालिका–१ पिप्ले निवासी गौतमको ७२ वर्षको उमेरमा आफ्नै घरमा निधन भएको हो ।

करिब १५ दिनदेखि निमोनियाबाट ग्रसित रहेका गौतमको केही समयअघि अस्पतालमा उपचारपश्चात घरमा ल्याई राखिएको थियो ।

उनी भूमिसुधारमन्त्री तथा पूर्वमन्त्री, संविधानसभा सदस्य एवं तनहुँ जिल्लाको कम्युनिष्ट आन्दोलनका योद्धा रहेका थिए । मृतकका श्रीमती, दुई छोरा र चार छोरी छन् ।



प्रतिक्रिया दिनुहोस !