१३ बैशाख २०८१, बिहिबार

हिन्दूहरुको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु,पहिलो दिन काग पूजा

प्रकाशित मिति :  13 November, 2020 8:18 am


काठमाडाैं, २८ कार्तिक ।

हिन्दू नेपालीहरु महान चाड तिहार आजदेखि शुरु भएको छ ।  यम पञ्चकको पहिलो  दिन आज कार्तिक कृष्ण त्रयोदशी कागको पूजा गरी यो पर्व मनाउने गरिन्छ ।

कागलाइ सन्देश प्रवाह गर्ने साधनका रुपमा लिइन्छ । कागलाइ यमराजको सन्देश बाहककोरुपमा पुजा गर्ने चलन छ । आजको दिन कागलाइ मिठो परिकार पकाएर खुवाउने गरिन्छ ।

धर्मग्रन्थअनुसार नरकलोकका अधिपति यमराजले पृथ्वीलोकमा भएका मानिस लगायत सम्पूर्ण जीवित प्राणीको जन्ममृत्युको जानकारी राख्ने गर्दछन् । त्यस्तो विवरण ल्याउने र लैजाने काम कागले गरेको मान्यता रहेको छ । आजकाश मार्गबाट छिटो सन्देश ल्याउन लैजाने हुनाले यमराजले कागलाई आफ्नो दूतमा नियुक्ति गरेको कुरा धर्मग्रन्थमा उल्लेख छ ।

बिहान विशेष श्रद्धाका साथ ‘काकोऽसि यमदूतोऽसि वायसोऽसि महामते, इमं बलिं गृहाण त्वं त्रायस्व यमसङ्कटात्’ भनेर नरकको सङ्कटबाट मुक्ति दिने कामनाका साथ यमराजको दूतका रूपमा कागलाई पूजा गर्ने गरिन्छ भने बेलुकापख अपमृत्युनिवारणको कामनाले यमराजलाई खुसी तुल्याउन घरआँगनहरूमा तेलका बत्तीहरू बालिन्छ ।

वर्तमान सञ्चार युगको प्रारम्भ हुनुपूर्व हाम्रा पुर्खाहरूले काग कराएका आधारमा निकै विचार गर्थे र कुन बेला काग कराउँदा कस्तो लक्षण हुन्छ ? भनेर चिन्तन पनि गर्थे भने कागलाई सन्देशवाहक पन्छीका रूपमा ग्रहण गरिन्थ्यो ।

सञ्चार युगको विस्तारले गर्दा वर्तमान समयमा हामीले कागको ऐतिहासिक योगदानलाई दिनप्रतिदिन भुल्दै गए पनि वर्षमा एकदिन त्यही योगदानको स्मरण गर्दै हालसम्म तिहारमा कागलाई पुज्ने चलन छ ।

 

 

 



प्रतिक्रिया दिनुहोस !