१६ चैत्र २०८०, शुक्रबार

कवि यदुनन्दन पौडेलको कविता सङ्ग्रह “मातृस्नेह” लोकार्पण

प्रकाशित मिति :  13 November, 2020 9:33 am


मुरली गोडिया

बर्दिया,कार्तिक २८ । बर्दियाली कवि यदुनन्दन पौडेलको कविता सङ्ग्रह ‘मातृस्नेह’ कृतिको लोकार्पण गरिएको छ । नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औं जन्मजयन्तीको अवसरमा पौडेलको कविता संग्रह मातृस्नेह लोकार्पण गरिएको हो । सिर्जना लेखन भन्दा अध्ययन बढी हुनुपर्ने, नियमित साधना र असल पाठक बन्नुपर्नेमा लोकर्पण कार्यक्रमका सहभागी स्रष्टाहरुले जोड दिएका छन । भेरी साहित्य समाज बर्दियाको आयोजना र बर्दियाली साहित्य समाज, कृष्णसार पाठक मञ्च र लुम्बिनीवाङ्मय प्रतिष्ठानको सहकार्यमा बर्दियाको बढैयाताल गाउँपालिकामा उक्त कृति लोकर्पण गरिएको हो ।

प्राज्ञ एवम् भेरी साहित्य समाजका केन्द्रीय अध्यक्ष हरि प्रसाद तिमिल्सिनाले कृतिको लोकार्पण गर्दै यस प्रकारका दिवस, उत्सव तथा अन्य प्रकारका साहित्यिक कार्यक्रमहरु सबै साहित्यिक संस्थाहरुले मिलेर गर्नुपर्ने बताए । कृतिकार यदुनन्दन पौडेलको कविता कृति ‘मातृस्नेह’ ले बर्दियाली साहित्यको क्षेत्रमा एक नयाँ आयाम थपिएको र शोध तथा अध्ययनका लागि यस प्रकारका कृतिले अझै सहज हुनेमा जोड दिए । कृतिकारको व्यक्तित्वका बारेमा भेरी साहित्य समाजका केन्द्रीय सदस्य तथा बाँसगढी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख ईश्वरी प्रसाद रिजालले पौडेल कवि मात्रै नभएर एक कुशल कलाकार पनि भएको जानकारी गराए ।



प्रतिक्रिया दिनुहोस !