१५ चैत्र २०८०, बिहिबार

भारतको उत्तर प्रदेशमा झण्डै ५० बच्चालाई यौन उत्पीडन गरेको आरोपमा एक इन्जिनियर पक्राउ

प्रकाशित मिति :  18 November, 2020 8:10 am


काठमाडौं ,३ मंसिर ।

भारतको उत्तर प्रदेशको सिंचाई विभागका एक इन्जिनियरलाई झण्डै ५० बच्चालाई यौन उत्पीडन गरेको तथा भिडियो र तस्वीर बेचेको आरोपमा पक्राउ गरिएको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार सीबीआईले विभागका जुनियर इन्जिनियरलाई पक्राउ गरेको हो । सीबीआई अधिकारहरुका अनुसार बच्चालाई अनलाईन यौन उत्पीडन गरेको विषयमा अध्ययन गरिरहेका थिए ।

इन्जिनियरले १० वर्षको अवधिमा ५ देखि १६ वर्षका झण्डै ५० बच्चालाई यौन उत्पीडन गरेको आरोप लागेको छ । बालिकाहरु धेरैजसो उत्तरप्रदेशको चित्रकूट,बान्दा तथा हामीरपुर जिल्लाका रहेका छन् ।

सीबीआईका अनुसार ति इन्जिनियरले बालिकाहरुबाट आफ्नो कुरा बाहिर नजाओस भन्नका लागि नगद रुपैयाँ तथा मोबाइल फोन उपहार दिने गर्दथे । पक्राउ परेका इन्जिनियर चित्रकूट जिल्लाका हुन र उनलाई बादाबाट गिरफ्तार गरिएको छ । सीबीआई प्रवक्ता आरके गौरले पक्राउ परेका इन्जिनियरको साथबाट ८ लाख रुपैयाँ नगद,मोबाईल फोन,ल्यापटप, सेक्स टोय लगायतका सामाग्री बरामद गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !