६ बैशाख २०८१, बिहिबार

नेकपाको विवाद मिलाउन फेरि चीनको सकृयता

प्रकाशित मिति :  18 November, 2020 8:47 am


काठमाडौं ,३ मंसिर ।

नेपाल कम्युनिष्ट पार्टी नेकपामा विवाद जारी रहेका बेला फेरि चीनको सकृयता देखिएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको सक्रियता पुनः बढेको हो ।

अघिल्ला विवादमा पनि यान्छीको सकृयतापछि नेकपाभित्रको विवाद कम भएको ठानिन्छ । उनले मंगलबार राति प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन् । भेटवार्ता प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टासम्म चलेको स्रोतहरुले पुष्टि गरेका छन् ।

गत वैशाखको सचिवालय बैठकमा नेकपा नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि विवाद चर्किदा राजदूत यान्छीको सकृयता देखिएको थियो । उक्त समयमा सत्तारुढ नेकपाका शिर्ष नेताहरुलाई छुट्टा छुट्टै भेटेकी थिईन् । अहिले फेरि विवाद चर्किएको बेला राजदूत यान्छीको सकृयता बढेको हो ।

सचिवालयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दस्तावेज पेश गरेपछि विवाद चर्को बनेको छ । यो बीचमा दुबै अध्यक्षले आ आफ्नो भेटघाटलाई तिब्र पारेका छन् भने विवाद मिलाउन राष्ट्रपति समेत सकृय भएकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका दुबै अध्यक्षलाई बोलाएर मिलेर जान सुझाव दिइसकेकी छन् । सचिवालयमा प्रचण्डले दस्तावेज पेश गरेपछि ओली पक्षले फिर्ता गर्नुपर्ने अडान राखेको छ भने प्रचण्ड पक्षले छलफल हुनुपर्ने माग गरेको छ ।

दस्तावेजमा आफूमाथी संगीन आरोप लगाईएको भन्दै ओली रुष्ट छन् । आफ्नो सचिवालय मार्फत ओलीले दस्तावेज फिर्ता नलिए कुनै विषयमा छलफल हुन नसक्ने चेतावनी समेत दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !