१४ बैशाख २०८१, शुक्रबार

रोल्पामा जीपको ठक्करबाट १ जनाको मृत्यु, २ जना घाईते

प्रकाशित मिति :  19 November, 2020 3:18 pm


रोल्पा,४ मंसिर ।

रोल्पामा जीपको ठक्करबाट १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।

सुनिलस्मृती गाउँपालिका वडा नं. ८ तल्लोपानी स्थित सुलिचौर९अरेश भित्री सडक खण्डमा लु १ ज ३०७० नम्बरको जीपले ठक्कर दिँदा घाईते भएका सुनिलसमृती गाउँपालिका वडा नं ८ अरेसका ४६ वर्षीय राहुल मगरको उपचारका लागि बुटवल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।

जीपको ठक्करबाट घाइते सोही ठाउ वस्ने ६ वर्षीय राजेन्द्र पुन र ३५ वर्षीय रिमा पुनलाई प्राथामिक स्वास्थ्य केन्द्र सुलीचौरमा सामान्य उपचार पछि थप उपचारको लागी बुटवल पठाईएको छ । हिजो बेलुकी ८ बजेतिर दुर्घटना भएको थियो ।

दुर्घटना लगत्तै फरार भएका चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाही प्रकृया शुरू गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !