६ बैशाख २०८१, बिहिबार

छठ पर्वले सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुराउने विश्वास छ : नेपाली कांग्रेस

प्रकाशित मिति :  20 November, 2020 7:58 am


काठमाडौं, ५ मंसिर ।

नेपाली कांग्रेसले चाड–पर्वहरु सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्रताका धरोहरहरु भन्दै यसले सामुहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुराउने विश्वास व्यक्त गरेको छ ।

चठ पर्वको अवसरमा आज शुभकामना दिँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विभिन्न चाड–पर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाजहरु भएको मुलुक भएको उल्लेख गर्दै यी प्रत्येक धार्मिक र सांस्कृतिक रीतिरिवाजहरुलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सदभावयुक्त परम्परा रहेको बताएका छन् ।

उनले भनेका छन्,”नेपालको तराई क्षेत्रमा बसोबास गर्ने नेपालीहरुले अति श्रद्धाका साथ सूर्य भगवानको आराधना गरेर मनाइने महत्वपूर्ण र पवित्र पर्व “छठ पर्व” का अवसरमा सम्पूर्ण तराईवासी दाजु–भाई तथा दिदी–बहिनीहरुमा सुख, शान्ति, समृद्धि र सफलताका लागि हार्दिक शुभकामना प्रकट गर्दछु ।”

मुलुक अहिले कोभिड—१९ को महामारीबाट आक्रान्त रहेकाले यसको रोकथाम र नियन्त्रणमा सरकारको उदासिनताका कारण बढ्दो संक्रमणलाई कम गर्न नागरिक आफै पनि सचेत र सजग हुन जरुरी देखिएको सभापति देउवाको भनाई छ । स्वास्थ्य सुरक्षाका मापदण्डलाई पूर्ण रुपले पालना गर्दै भौतिक दुरी कायम गरेर पर्व मनाउन सभापति देउवाले सबैलाई आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !