७ बैशाख २०८१, शुक्रबार

छठ पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ गर्ने राष्ट्रपतिको विश्‍वास

प्रकाशित मिति :  20 November, 2020 8:20 am


काठमाडौं, ५ मंसिर ।

राष्ट्रपति विद्यादेवी भण्डारीले छठपर्वले मौलिक संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्दै सबै नेपालीमा आपसी सद्‌भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई प्रगाढ बनाउनुका साथै राष्ट्रिय एकतालाई थप सुदृढ गर्ने विश्‍वास व्यक्त गरेकी छन् ।

छठपर्वको अवसरमा आज शुभकामना दिँदै राष्ट्रपति भण्डारीले सम्पूर्ण प्राणीलाई विनाभेदभाव समान रूपमा शक्ति, ताप र प्रकाश दिने सूर्यको महिमालाई आत्मसात् गर्दै यस पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिक लगायत सबै प्रकारका विभेद, कुरीति एवं विसङ्‌गतिको अन्त्य गरी समतामूलक, प्रगतिशील, सभ्य र समुन्नत समाज निर्माण गर्नेतर्फ अग्रसर हुन हामी सबैलाई थप प्रेरणा दिने विश्‍वास लिएको बताएकी    छन् ।

उनले विश्वव्यापी रूपमा फैलिएको नोबल कोरोना भाइरसको बढ्दो संक्रमणका कारण यसबाट जोगिन पूर्व सावधानीका उपायहरूको पालना गर्दै छठपर्व मनाउनका लागि सबैमा आह्वान गरेकी छन् ।

 



प्रतिक्रिया दिनुहोस !