सुनको मूल्य आजपनि ४ सय रुपैयाँले घट्यो
प्रकाशित मिति : 20 November, 2020 1:05 pm

काठमाडौं, ५ मंसिर ।
सुनको मूल्य आज पनि ओरालो लागेको छ । हिजोको तुलनामा आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ९४ हजारमा कारोवार भएको छ । बिहीबार भने प्रतितोला रु ९४ हजार ४०० मा कारोवार भएको थियो ।
यस्तै तेजाबी सुन प्रतितोला रु ९३ हजार ५०० मा कारोवार भएको छ । बिहीबार तेजाबी सुन प्रतितोला रु ९३ हजार ९०० मा कारोबार भएको थियो । यस्तै चाँदी आज प्रतितोला रु पाँचले घटेको छ । बिहीबार प्रतितोला रु एक हजार २१५ मा कारोवार भएको चाँदी आज भने प्रतितोला रु एक हजार २१० मा कारोबार भएको छ ।