१२ बैशाख २०८१, बुधबार

दाङ पुगेर नेकपा उपाध्यक्ष गौतमले भने,’पार्टी कुनै पनि हालतमा फुट्दैन’

प्रकाशित मिति :  21 November, 2020 6:52 pm


दाङ,६ मंसिर ।

नेपाल कम्युनिष्ट पार्टी  (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टीमा विभाजन नआउने दाबी गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिकाद्वारा आज आयोजित भेटघाट कार्यक्रममा उनले पार्टीभित्रका केही आन्तरिक समस्या समाधान गर्न आफूले निरन्तर पहल गरिरहेको जानकारी दिए । “म कुनै गुटमा छैन, म सधैँ गुटको विपक्षमा हुन्छु” , उनले भने , “ मैले पार्टी एकतालाई जोड दिएको छु, पार्टी कुनै पनि हालतमा फुट्दैन ।”

पार्टी एकताका क्रममा देखिएका केही विषयलाई तत्कालीन समयमा समाधान नगरिँदा अहिले समस्या आएको उनको भनाइ छ । उपाध्यक्ष गौतमले पार्टीमा दुई अध्यक्षले बैठकको कार्यसूची तय गर्ने र त्यसैका आधारमा सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बस्ने बताए । उनले पार्टीभित्र फरक विचार राख्नाले पार्टीलाई झनै चलायमान र सुदृढ बनाउने दाबी गरे ।

पार्टी एकताका क्रममा धेरै मतभेत रहेको र त्यसलाई थाति राखेर एकता गरिएकाले अहिले बल्झिएकाो उपाध्यक्ष गौतमका निष्कर्ष थियो । एकताको बेला विचार, सिद्धान्तमा छलफल नगरेको उल्लेख गर्दै उनले भने हामीले त्यतिबेला हतार ग¥यो, धेरै मतभिन्नताहरु थिए, ति मत भिन्नताहरु अहिले आएर देखा परेका छन् ।’

एकताकै क्रममा थुप्रै समस्याहरु जन्मिएको भएपनि, त्यतिबेला पार्टीलाई न्वारवान मात्रै गरेको तर, समस्या समाधान नभएकाले अहिले यस्तो समस्या निम्तिएको उनको भनाई छ । पार्टीले सरकार चलाउनु पर्ने भएपनि सरकार एकलौटी रुपमा चलेकाले पनि अहिले यस्तो समस्या निम्तिएको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !