दाङमा कुर्सीबाट लडेर पूर्व गाविस अध्यक्षको मृत्यु
प्रकाशित मिति : 22 November, 2020 8:46 am
दाङ,७ मंसिर ।
दाङमा कुर्सीबाट लडेर पूर्व गाविस अध्यक्षको मृत्यु भएको छ । हिजो बेलुकी कुर्सीबाट लडेर घाईते भएका तत्कालिन उरहरी गाविस अध्यक्ष रेशम बहादुर भण्डारीको उपचारका क्रममा राति ११ बजेतिर मृत्यु भएको हो ।
कुर्सीबाट लड्दा भण्डारीको टाउकोमा गम्भीर चोट लागेको थियो । तुलसीपुर उपमहानगरपालिका वडा नं। ११ निवासी ७६ बर्षीय भण्डारीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि भैरहवामा थप उपचार हुँदै गर्दा मृत्यु भएको तुलसीपुर ११ का वडा सदस्य सुवास डाँगीले जानकारी दिए ।
उनले नेपाली कांग्रेसको तत्कालिन दाङ क्षेत्र नं. ४ को सभापति समेत भएर काम गरेका थिए ।






