सुनको मूल्य ३ सय रुपैयाँले बढ्यो

काठमाडौं,७ मंसिर ।

स्थानीय बजारमासुनको मूल्यमा आज सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला रु ३ सयले वृद्धि भएको छ ।

शुक्रबार रु ९४ हजारमा रुपैयाँमा कारोबार भएकोमा आज रु ९४ हजार ३ सय पुगेको हो । यस्तै तेजाबी सुन शुक्रबार प्रतितोला रु ९३ हजार ५ सय मा कारोवार भएकामा आज रु ९३ हजार ८ सयमा कारोवार भएको छ ।

यस्तै चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला रु १ हजार २ सय १० मा कारोबार भएको छ ।