१२ श्रावण २०८१, शनिबार

नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा कृषि उद्योगको एजेण्डा कति ?

प्रकाशित मिति :  23 November, 2020 9:24 am


काठमाडौं, ८ मंसिर ।

नेपाल उद्योग बाणिज्य महासंघको चुनावमा कृषि/पशुपन्छी व्यावसायीहरु समेत प्रतिष्प्रधामा छन् ।

स्टिल, होटेल, अटोमोवाइलदेखि नाडाको पूर्व अध्यक्ष समेत भइसकेका सुजल डेरीका अध्यक्ष अन्जन श्रेष्ठ वस्तुगत संघको उपाध्यक्षमा उम्मेद्धवार छन् । बरिष्ठ उपाध्यक्षका उम्मेद्धवार चन्द्र ढकाल प्यानलबाट वस्तुगततर्फका सदस्यमा सिताराम गोकुल मिल्कका सञ्चालक सुमित केडिया चुनावी मैदानमा छन् ।

बरिष्ठ उपाध्यक्षका उम्मेद्धवार किशोर श्रेष्ठको प्यानलबाट उठेका अन्जन श्रेष्ठसंगै डेरी उद्योग संघको निवर्तन अध्यक्ष तथा रेष्टुरेन्ट व्यवसायी संघको अध्यक्ष अरनिको राजभण्डारी, दाना उद्योग संघबाट रविन पुरी उठेका छन् ।

नेपाल उद्योग बाणिज्य महासंघको चुनावमा वस्तुगततर्फ रहेका १०३ सदस्य संस्थामध्ये कृषि, पशु तथा मत्स्यका झण्डै एक दर्जन सदस्यहरु रहेका छन् । जसमा कृषि मेशिनरी एसोसियशन अफ नेपाल (नामिया), नेपाल भेटेरिनरी एसोसियशन, ह्याचरी संघ, नेपाल डेरी एसोशियसन, फ्लोरिकल्चर एसोसियशन, जुट उद्योग संघ, दाना उद्योग संघ, नेपाल रेशम संघ, मत्स्य व्यवसायी संघ लगायतका छन् ।

तर, कृषि तथा पशुपन्क्षीका क्षेत्रमा रहेका व्यसायीले भने महासंघको चुनावी मैदानमा रहेका उमेद्वारले कृषि क्षेत्रको मुद्दालाई खासै प्राथमिकता नदिएको गुनासो गरेका छन् । उद्योग, बैंकिङ र ट्रेडिङलाई मात्रै प्राथमिकता दिइएको भन्दै कृषि उद्योगमा संलग्न अगुवाहरुले कृषिलाई खासै ध्यान नदिएको बताए ।

अगुवाहरु फ्लोरिकल्चर एसोसियशन  नेपालका अध्यक्ष कुमार कसजुले महासंघको चुनावी नेतृत्वमा उत्रिएकाहरुले कृषिको खासै ध्यान नदिएको बताए । उनले भने,”उमेद्वारहरुले न लिखित न त मौखिक रुपमा कृषि उद्योगका बारेमा बोलेको पाइन्छ । कृषि उद्योग उहाँहरुको चुनावी एजेण्डा नै छैन ।”

 



प्रतिक्रिया दिनुहोस !