रोल्पाको थवाङमा नेकपा विजयी
प्रकाशित मिति : 30 November, 2019 7:18 pm

काठमाडाैं, १४ मंसिर। रोल्पाको थवाङमा आज भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जनकबहादुर बुढा १७४ मत ल्याएर अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
कांग्रेसका कलमबहादुर बुढाले २६ मत प्राप्त गर्नुभएको छ भने ९ मत बदर भएको छ ।
१२८४ मतदातामध्ये २०९ मत मात्रै खसेको थियो ।