१५ चैत्र २०८०, बिहिबार

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सह-सचिव कार्की सचिव पदमा नियुक्त

प्रकाशित मिति :  25 November, 2020 8:04 pm


काठमाडौं,१० मंसिर ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सह-सचिव डा. योगेन्द्रकुमार कार्की सचिव पदमा नियुक्त भएका छन् । मन्त्रीपरिषद्को आज बसेको बैठकले डा.कार्कीलाई सचिवमा बढुवा गरेको हो । उनी सोही मन्त्रालयमा  निमित्त सचिवको रुपमा कार्यरत थिए ।

यसअघि डा. कार्की वागमती प्रदेश सरकारको भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सचिवका रुपमा कार्यरत थिए ।

सोमबार मात्रै सचिव बढुवा सिफारिस समितिले कृषि तथा वन सेवातर्फको रिक्त एक सचिव पद(विशिष्ट श्रेणी)का लागि कार्कीको नाम  सिफारिस गरेको थियो ।

लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका  सहसचिव कार्कीको नाम सिफारिस गरेको हो । कार्की यसअघि पनि पटक पटक सिफारिसमा परेपनि बढुवा भएको थिएन ।

निजामती सेवा ऐनअनुसार कार्यसम्पादन मूल्याङ्कन(८० प्रतिशत)का आधारमा हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि तीन वरिष्ठ सहसचिव र पाँचौँ पटक ज्येष्ठता(२० प्रतिशत)बाट एक जना मात्र ज्येष्ठ सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था रहेको छ । तत्कालिन कृषि सचिव राजेन्द्र भारी सेवा निवृत्त भएपछि रिक्त पदमा कार्कीको नियुक्ति भएको हो ।



प्रतिक्रिया दिनुहोस !