१६ चैत्र २०८०, शुक्रबार

भारतीय विदेशसचिव हर्षवर्द्धन श्रृंगला काठमाडौंमा,नेपाल र भारत सम्बन्धबारे छलफल हुने प्रतिकृया

प्रकाशित मिति :  26 November, 2020 12:01 pm


काठमाडौं, ११ मंसिर ।

भारतीय विदेशसचिव हर्षवर्द्धन श्रृंगला दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । उनी चार्टर्ड विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । विदेश सचिवका रुपमा श्रृंगलाको यो पहिलो नेपाल भ्रमण हो ।

विमानस्थलमा ओर्लने वित्तिकै नेपालीमा आफ्नो प्रतिकृया दिँदै बिदेशसचिव श्रृंगलाले नेपाल आउन पाउँदा आफूलाई अत्यन्तै खुशी लागेको बताए । उनले आफू पहिलेपनि काठमाडौं आएको र बिदेश सचिवको हैसियतमा पहिलो पटक आफू नेपाल आउन पाउँदा खुशी लागेको   बताए । नेपाल र भारत निकटम मित्र भन्दै आफ्नो भ्रमण यो सम्बन्धलाई कसरी अगाडि बढाउने भन्ने विषयमा केन्द्रीत हुने बताए ।

परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा औपचारिक भ्रमणमा आएका उनले आजै उच्चस्तरीय भेटवार्ता सुरु गर्ने कार्यक्रम छ । कार्यसूची अनुसार आजै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतलाई भेट्ने छन् । त्यसअघि परराष्ट्र सचिवले दुईपक्षीय विषयहरुमा वार्ता गर्नेछन् ।

शुक्रबार ज्यापु समाजको भवन उदघाटन र गोर्खाको एक गुम्बा उदघाटन कार्यक्रममा सहभागी भएर उनी स्वदेश फर्किने छन् । नेपालले भारतद्धारा मिचिएको कालापानी,लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नक्शा जारी गरेपछि भारतले असन्तुष्टि जनाएको थियो र दुबै देशको सम्बन्ध तिक्ततापूर्ण छ । नेपाल र भारतबीच सम्बन्ध चिसिएका बेला गुप्तचर संस्था रअ, भारतीय सेना प्रमुखपछि यो अर्को उच्चस्तरीय भ्रमण  हो ।

 



प्रतिक्रिया दिनुहोस !