१२ श्रावण २०८१, शनिबार

भारतीय सेनामा कार्यरत दाङका प्रेम केसीको कास्मिरमा मृत्यु

प्रकाशित मिति :  27 November, 2020 7:36 pm


 

काठमाडौं, १२ मंसिर । 

भारतीय सेनामा कार्यरत नेपाली युवा प्रेम केसीको कास्मिरमा पाकिस्तानी सेनाको आक्रमणबाट मृत्यु भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवाका ३५ वर्षीय केसीको आज मृत्यु भएको हो ।

भारतीय सञ्चारमाध्यमले राइफलम्यान सुकवीर सिंह र नायक प्रेमबहादुर खत्री (प्रेम केसी)को मृत्यु भएको जनाएका छन् । रजौरी सुन्दरवानी सेक्टरमा बिहान ५ बजे पाकिस्तानी सेनाले एक्कासी गोली चलाएको भारतीय सञ्चार माध्यमले दाबी गरेका छन् । के.सी.सँगै अर्का एक भारतीय सेनाको पनि मृत्यु भएको हो ।

पाकिस्तानी सेनाको गोली लागेर गम्भीर घाइते भएका दुबैजनाको उपचारका क्रममा मृत्यु भएको भारतीय सेनाले जानकारी गराएको छ । उनी १४ वर्षदेखि भारतीय सेनामा कार्यरत थिए ।



प्रतिक्रिया दिनुहोस !