२३ बैशाख २०८१, आइतबार

रुकुम पश्चिमको आठबिसकोटमा जीप दुर्घटना, ४ जनाको मृत्यु

प्रकाशित मिति :  27 November, 2020 10:27 pm


रुकुम पश्चिम,१२ मंसिर ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ८ दाजेमा जन्ति बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

राडिबजारबाट जन्ति बोकेर गएको रा १ झ ५८९ नम्बरको जीप रोकेर राखेको समयमा चिप्लिएर दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेमा आठबिसकोट नगरपालिका वडा नं. ८ का कलीभान नेपाली, आईते चनारा, गोरे नेपाली सार्के नेपाली रहेको रुकुम पश्चिमका डिएसपी ठग बहादुर केसीले जानकारी दिए । जीप चालक डिल्ली बहादुर नेपाली फरार रहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते लाल बहादुर नेपालीको अवस्था गम्भीर रहेको डिएसपी केसीले जानकारी दिए । जीप झण्डै सय मिटर तल खसेको छ ।

आज बिहान मात्रै गुल्मीको इस्मा गाउँपालिकामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो । सदरमुकाम तम्घास जाँदै गरेको लु१ज ११६६ नम्बरको जीप इस्मा –४ अन्तर्गत हुल नजीकै दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै र एक जनाको अस्पताल लैजाँदै गर्दा बाटामा मृत्यु भएको हो ।



प्रतिक्रिया दिनुहोस !