१६ चैत्र २०८०, शुक्रबार

इरानका वरिष्ठ परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहको हत्या,इजरायल संलग्न रहेको आरोप

प्रकाशित मिति :  28 November, 2020 8:10 am


काठमाडौं,१२ मंसिर ।

इरानका वरिष्ठ परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहको  हत्या भएको छ । उनीमाथि राजधानी तेहरानसँग जोडिएको शहर अबसार्डमा आक्रमण भएको थियो ।

महसिनको हत्यापछि इरान र इजरायलबीच बिवाद बढेको छ । इरानका विदेश मन्त्रीले हत्यामा इजरायलको संलग्नता रहेको प्रमाण मिलेको दाबी गरेका अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

उनले भनेका छन कि फखरीजादेहको हत्याबारे सुरुवाती जानकारी अनुसार इजरायलको सहभागिता मिलेको गम्भीर प्रमाण मिलेको छ। इरानका विदेश मन्त्री मोहम्मद जवाद जरीफका अनुसार इजरायलले यसबारे टिप्पणी गर्न अस्वीकार गरेको छ । जरीफ ने ट्विटरमा लेखेका छन्,”आतकंकारीहरुले एक वरिष्ठ इरानी वैज्ञानिकको हत्या गरेका छन् । यस हत्याबाट इजरायलको भूमिका खुलेको छ र उ युद्ध चाहन्छ ।”

विदेशमन्त्री जावेदको भनाई छ कि हत्या गरिएका वैज्ञानिकको नाम इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले लिइसकेका थिए ।

स्थानीय मिडियाका अनुसार वैज्ञानिक फखरीजादेहको तेहरान नजिकै हत्या गरिएको छ । उनको कारमा अज्ञात आक्रमणकारीले गोली प्रहार गरेका थिए जसमा वैज्ञानिक घाइते भए । घाइते वैज्ञानिक फखरीजादेहको उपचारका क्रममा निधन भएको थियो ।

रिपोर्टका अनुसार फखरीजादेहले सन् २००३ देखि रोकिएको इरानको गोप्य आणविक बम कार्यक्रमको नेतृत्व गरिरहेको आरोप लाग्दै आएको थियो । यद्यपि इरानले आणविक हतियार बनाउने आरोपलाई निरन्तर अस्वीकार गर्दै आएको छ । इरानका सैन्य कमाण्डर हुसेन देहघनले ट्वीटमा भनेका छन्,”हामी यस हत्याको कडा बदला लिनेछौं र यस घटनामा संलग्नले आफ्नो कार्यप्रति पश्चाताप गर्नेछन्।”



प्रतिक्रिया दिनुहोस !