रोल्पाका किशोर आचार्य नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्वाचित
प्रकाशित मिति : 29 November, 2020 8:09 am

काठमाडौं,१४ मंसिर ।
रोल्पाका किशोर आचार्य नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
आचार्य उद्योण बाणिज्य समूह तर्फ निर्वाचित भएका हुन् । उक्त समूह अन्तर्गत ३८ जनाले उमेद्वारी दिएका थिए । जसमा सबैभन्दा बढी मत ल्याउने १८ जना निर्वाचित भएका हुन् ।
आचार्यले रोल्पा उद्योग बाणिज्य संघका तर्फबाट प्रतिनिधित्व गरेका थिए । उनले ५२ मत प्राप्त गरे । यस समूहमा सबैभन्दा बढी मत नुवाकोटका राजन श्रेष्ठले ल्याए भने सबैभन्दा कम मत ल्याएर पनि विजयी हुनेमा गैंडा उद्योग बाणिज्य संघका अमृत चन्द भट्ट छन् र उनले ५१ मत ल्याएका थिए ।