१३ बैशाख २०८१, बिहिबार

चीनका रक्षामन्त्री जनरल वेई फेङ काठमाडौंमा

प्रकाशित मिति :  29 November, 2020 11:09 am


काठमाडौं,१४ मंसिर ।

चीनका रक्षामन्त्री जनरल वेई फेङ एक दिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । रक्षामन्त्री वेई सहितको प्रतिनिधि मण्डल साढे १० बजे काठमाडौं अवतरण गरेको हो ।

भारतबाट लगातारण उच्चस्तरी भ्रमण भइरहेका बेला चीनका रक्षा मन्त्रीपनि नेपाल भ्रमणमा आएका हुन् । तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेल चीन भ्रमणमा जाँदा गरेको निमन्त्रणामा चिनियाँ रक्षामन्त्री नेपाल आएका हुन् ।

विमानस्थलबाट सीधै बालुटारस्थित चिनियाँ दूतावास पुगेर केहीबेर आराप गरेपछि वेईको औपचारिक भेटवार्ता सुरु हुने छ । प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट्न उनी दिउँसो दुई बजे जंगीअड्डा पुग्ने छन् र नेपाली सेनाको टोलीले चिनियाँ रक्षामन्त्रीलाई सम्मानगारथ अर्पण गर्ने छ । त्यसपछि उनले प्रधानसेनापति थापालाई शिष्टाचार भेट गर्ने छन् ।

त्यसपछि चिनियाँ टोली र प्रधानसेनापति थापासहितको नेपाली सेनाको टोलीबीच द्विपक्षीय छलफल हुने कार्यक्रम छ । जंगीअड्डापछि उनी रक्षा मन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुग्ने छन् र त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास जाने छन् । राष्ट्रपतिलाई भेटेपछि आजै स्वदेश फर्कने छन् ।



प्रतिक्रिया दिनुहोस !