१३ बैशाख २०८१, बिहिबार

कृषक बाहुल्य भएको गाउँमा पशुविज्ञान विषयको अध्ययन सुरु,पूर्वी रोल्पामा ‘शैक्षिक हब’ नभएकोमा चिन्ता

प्रकाशित मिति :  30 November, 2020 7:33 am


जुनिसकुमार विष्ट –

काठमाडौं,१५ मंसिर ।

रोल्पाको सुनछहरी गाउँपालिकामा पार्ने जेलबाङमा पशु विज्ञान विषयको अध्ययन सुरु भएको छ । सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम अन्तर्गत रोलबाङ माध्यमिक विद्यालयमा पशु विज्ञानको अध्ययन सुरु भएको हो ।

पशु बिज्ञान बिषय अध्ययनको लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले हिजो एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । जनयुद्धमा रोल्पामा सबैभन्दा धेरै व्यक्ति गुमाएको जेलबाङमा स्मार्ट कृषि कार्यक्रमपनि सञ्चालनमा रहेको छ । पशु विज्ञान विषय अध्ययनको उद्घाटन गर्दै मन्त्री के.सी.ले अब प्राबिधिक शिक्षा मार्फत दक्ष जनशक्ति उत्पादन गर्ने प्रदेश सरकारको योजना रहेको बताए ।

रोल्पाको पूर्वी क्षेत्रमा ‘शैक्षिक हब’ नरहेका भन्दै यसलाई प्राविधिक क्याम्पसको रुपमा अगाडि बढाउन सके राम्रो हुने बताए । मन्त्री केसीले भने,”जेलबाङ आयस्रोतको लागि जडिबुटी र प्राकृतिक स्रोतले धनी रहेको छ साथै त्याग तपस्या र बलिदानले लामो इतिहास लेखेर छोडीसकेको र आन्दोलनको सेवा गर्दै हिडेको जेलबाङ लाभको निम्ति कहिल्यै रुँदैन । जेलबाङ त्यागै त्यागको ऎतिहासिकता बोकेको छ ।”

कार्यक्रममा उपराष्ट्रपतिका स्वकीय सचिव सुकबहादुर रोका,सुनछहरी गाउँपालिका अध्यक्ष आशबहादुर पुन,सुनिल स्मृति गाउँपालिका गुनेन्द्र घर्ती,प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार राना लगायतको उपस्थिति रहेको थियो । सुनछहरी गाउँपालिकाले आवश्यक बजेटको व्यवस्था समेत गरी प्रत्येक वडाबाट सम्बन्धित वडाकै सिफारिसमा विपन्न तथा जेहन्दार बिद्यार्थी मध्य १र१ जना गरी ७ जनालाई छात्रवृत्तिमा अनुदानमा पढाउने समेत निर्णय गरेको छ।

वि.सं. २०३१ मा प्राथमिक प्राथमिक विद्यालयको रुपमा स्थापना भएको उक्त विद्यालयमा २०७६ सालमा कक्षा ११ संचालन भएको थियो।अहिले विद्यालयमा छात्रा ३२९ जना र छात्र ३१५ जना गरि जम्मा ६४४ जना बिद्यार्थीहरु रहेका छन।कृषक नै कृषक भएको जेलबाङ क्षेत्रमा सबैभन्दा व्यवहारिक हुने अनुमानसहित पशु विज्ञान विषयको कार्यक्रम सञ्चालनमा ल्याइएको प्रधानाध्यापक लोकनाथ पन्थीले बताए ।



प्रतिक्रिया दिनुहोस !