१४ बैशाख २०८१, शुक्रबार

बालुवाटारको निष्कर्ष: एकले अर्कालाई भन्न केही बाँकी रहेन तर यिनै प्रस्ताव एकीकृत पार्टीको असल जग बन्न सक्छ

प्रकाशित मिति :  30 November, 2020 8:16 am


काठमाडौं,१५ मंसिर ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र दुबै अध्यक्षको प्रतिवेदन सचिवालयमा पेश भएपछि अब के हुने भन्ने विषयमा प्रष्ट छैन ।

कतिपयले पार्टी फुट तर्फ अगाडि बढेको आँकलन गरेका छन् भने कतिपयले एकिकरणपछि बल्ल पार्टी बहस सुरु भएको र पार्टीले नयाँ बहसबाट निकास पाउने निष्कर्ष पुगेका छन् । स्वयं प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र उनी पक्षधरले के सोंचिरहेका होलान् ? प्रधानमन्त्री निकट नेताहरुको प्रष्ट धारणा छ, “यि दुबै प्रस्तावबाट पार्टी उम्कियो भने बल्ल सहज ढंगले अगाडि बढ्छ ।”

बालुवाटार स्रोतले भन्यो,“अब एकले अर्कालाई भन्न केही बाँकी रहेन, हाम्रो तर्फबाट पनि अब प्रचण्डलाई भन्ने केही छैन । यो बाट पनि हामीले निकास पाए बल्ल पार्टी नयाँ शिराबाट अगाडि बढ्छ । ” प्रधानमन्त्री निकटका नेताहरु अध्यक्षका दुबै प्रस्तावलाई नयाँ पार्टीको असल जग पनि हुन सक्ने आँकलन गरेका छन् । ति नेताले भने,“यि प्रस्तावहरु नै हुन् कि अब पार्टी कसरी अगाडि बढ्छ भनेर निक्र्यौल गर्ने ।”

कात्तिक २८ गते कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयमा प्रस्ताव पेश गरेपछि प्रतिउत्तरमा अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीले मंसिर १३ गते काउन्टर प्रस्ताव पेश गरेका छन् । ओलीले प्रचण्डलाई ‘अनौपचारिक रुपमा पार्टी विभाजको घोषणा गरेको’ समेत आरोप लगाएका छन् । तर ओलीको प्रस्तावपछि सार्वजनिक रुपमा प्रचण्ड पक्षधर नेता र कार्यकर्ताले तत्काल प्रतिकृया नदिएको विषयमा भने बालुवाटर अलि आश्चर्यमा परेको छ ।

बालुवाटार स्रोत भन्छ, “जसरी तत्कालै हंगामा हुने गरेर प्रतिकृया आउथ्यो त्यो देखिएन, हुन त उहाँहरुका नेताले अध्ययन गर्दै होलान, गुटका नेताले अध्ययन गर्दै होलान, कार्यकर्ताले अध्ययन गर्दै होलान् तर जसरी तत्कालै प्रतिकृया आउँथ्यो कार्यकर्ता तहबाटपनि त्यो देखिएन ।”

ओली ढुक्क छन् यि यो पार्टीले दुबै प्रतिवेदन पचाए पार्टी नयाँ ढंगले अगाढि बढ्ने छ र बास्तविक पार्टी निर्माण हुने छ । ओली निकट नेताले भने,“ अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री ज्यू त प्रष्टै हुनुहुन्छ कि अहिले बहसको विषय पार्टीको भविष्य पनि हो । यो समाधान भए पार्टी बल्ल अगाडि बढ्छ होईन भने सधै यस्तै अलमल र हैरानी नै हुन्छ ।” दुबै अध्यक्षको प्रस्ताव पेश भएपछि भोली फेरि सचिवालय बैठक बस्ने छ र बहस अगाडि बढ्ने छ ।



प्रतिक्रिया दिनुहोस !