१४ बैशाख २०८१, शुक्रबार

गृह जिल्ला रोल्पा पुगेर ऊर्जा मन्त्री पुनले भने,’दोस्रो पुस्ता सरकार र पार्टीको नेतृत्व लिन तयार छ’

प्रकाशित मिति :  30 November, 2020 1:36 pm


रोल्पा,१५ मंसिर ।

ऊर्जामन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य वर्षमान पुनले युवा नेताहरु सरकार र पार्टीको नेतृत्व लिन तयार रहेको स्पष्ट पारेका छन् ।

रोल्पा नगरपालिका–३ लाँकुरीमा ३३र११ केभी सबस्टेशनको उदघाटन कार्यक्रमलाई आज बिहान सम्बोधन गर्दै पुनले दुबै अध्यक्षले सहमति र प्रकृयागत रुपमा निर्णय गरे आफूहरु सरकार र पार्टीको नेतृत्व लिन तयार रहेको बताएका हुन् । उनले भने,”दुवै अध्यक्षले प्रक्रियागत रुपमा निर्णय गर्नुस्, प्रधानमन्त्री र पार्टी अध्यक्ष पनि छाड्छौं भन्नुस्, हामी युवाहरु प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै चलाउन तयार छौं । र उहाँहरुलाई अभिभावकको रुपमा सम्मानित स्थान दिएर राख्छौं ।”

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको अन्र्तसंघर्ष चर्कदै जाँदा अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण गर्ने तर्क गरिरहेका बेला गृह जिल्ला रोल्पा पुगेका पुनले चुनौति स्वीकार गर्न तयार रहेको सन्देश दिएका हुन् ।

नेता पुनले नेतृत्व युवालाई हस्तान्तरण गर्ने कुरा आवेग र उत्तेजनामा घोषणा गर्ने विषय नभएको भन्दै विवेकले, प्रक्रियासम्मत ढंगले पार्टीले निर्णय गर्ने विषय भएको उल्लेख गरे ।

उनले भने ‘तत्कालीन पार्टी नेतृत्वले दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार भए दोस्रो पुस्ता त्यो जिम्मेवारी लिन तयार रहेको छ । नेतृत्व पुस्तान्तरणको कुरा ठिक छ । यसको लागि पहिलो पुस्ताले पनि तयार हुनु प¥र्यो ।’ पुन रोल्पामा हुने विभिन्न कार्यक्रममा सहभागि हुन आज रोल्पा पुगेका हुन् ।

 



प्रतिक्रिया दिनुहोस !