१२ श्रावण २०८१, शनिबार

डिआइजी पोखरेल एआइजीमा बढुवा सिफारिस

प्रकाशित मिति :  30 November, 2020 8:28 pm


काठमाडौं,१५ मंसिर ।

प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस भएका छन्।

बढुवा समितिको आज बसेको बैठकले डिआइजी पोखरेललाई एआइजी बढुवाको सिफारिस गरेको हो।

यससँगै पोखरेल आगामी आईजीपीका लागि एकल दाबेदार भएका छन् । आईजीपी शैलेश थापा क्षेत्री १९ वैशाख २०७९ मा सेवा निवृत्त भएपछि पोखरेलले प्रहरी संगठनको जिम्मेवारी सम्हाल्ने छन् ।



प्रतिक्रिया दिनुहोस !