१२ श्रावण २०८१, शनिबार

इलाममा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते

प्रकाशित मिति :  1 December, 2020 7:07 am


काठमाडौं,१६ मंसिर ।

इलामको फाकफोकथुम गाउँपालिकास्थित लुम्देमा पिकअप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । राँके बजारबाट झापाको दमकतर्फ जाँदै गरेको पिकअप दुर्घटनामा माईनगरपालिका–९ का दिनेश लिम्बू भएको हो । मृत्यु भएका अर्का एक जनाको सनाखत हुन बाँकी छ ।

इलामका प्रहरी प्रमुख नवीनराज राईका अनुसार दुर्घटनामा परी सचिन राई र विकास तामाङ घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि इलाम अस्पताल लगिएको छ । को२च १५ नंको पिकअप तरकारी बोकेर झापातर्फ जाँदै गर्दा हिजो बेलुकी दुर्घटना भएको राससले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !