१३ बैशाख २०८१, बिहिबार

सत्तारुढ नेकपाभित्र विवाद चर्किदै, विप्लव नेकपामाथी प्रतिबन्ध, राजावादीहरुको प्रर्दशन फैँलिदै

प्रकाशित मिति :  5 December, 2020 4:31 pm


काठमाडौं,२० मंसिर ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र किचलो बढिरहेका बेला राजतन्त्रको पक्षमा देशभर प्रर्दशन फैँलिदै गएको छ ।

अहिलेसम्म मुख्य मुख्य शहरहरुमा प्रर्दशन भइसकेको छ । प्रर्दशनको अगुवाई गर्ने पार्टी नदेखिएपनि कतिपय ठाउँमा राप्रपाले प्रर्दशनका लागि आग्रह गरिरहेको छ र यसका नेताहरु यस्ता प्रर्दशनमा सहभागि बन्ने गरेका छन् ।

अहिलेसम्म वीरगञ्ज, नेपालगञ्ज, दाङ, बुटवल, नारायणगढ,काठमाडौं, हेटौंडा जस्ता सहरहरुमा प्रर्दशन भएका छन् । आज मात्रै काठमाडौं, झापा र नारायणगढमा प्रर्दशन भएको छ । सत्तारुढ नेकपाभित्र विवाद चर्केर विभाजनको अवस्थामा पुुगिरहेका बेला एकाएक राजतन्त्रका पक्षमा प्रर्दशन देखिएको हो ।

बर्तमान सरकारमा जनयुद्ध लडेर आएका प्रचण्ड आफै कार्यकारी अध्यक्ष रहेका बेला सँगै लडेका नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीमाथी प्रतिबन्ध लगाईएको छ । तर,राजावादीहरुले भने आफ्नो प्रर्दशन बढाउँदै लगेको आँकलन गरिएको छ । आज झापामा राप्रपा नेपालले प्रर्दशन गरेको छ भने काठमाडौंमा राष्टिय नागरिक आन्दोलन २०७७ को नाममा प्रर्दशन भएको छ ।

‘पृथ्वीनारायण शाहको तस्वीर बोकेका उनीहरुले राजसंस्थाको स्थापना तथा संघीयता र धर्म निरपेक्षता खारेज गर्नुपर्ने नारा लगाएका छन् । माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो ।

चितवनको भरतपुरमा राजावादीहरुले मोटरसाइकल र गाडी सहितको जुलुस निकालेका छन् । ‘राजा आऊ देश बचाऊ’ भन्ने नारा लगाउँदै उनीहरुले सयौंको संख्यामा जुलुस निकालेका हुन् । जुलुसमा सहभागीले पञ्चायत र बहुदलकालीन राष्ट्रियगान ‘श्रीमान् गम्भीर नेपाली’, ‘हिमाल झैं अटल यो’ जस्ता गीत गाएका थिए । ‘गणतन्त्र मुर्दावाद’, ‘ हिन्दू राज्य कायम गर’, ‘जय देश, जय नरेश’ जस्ता नारा लगाइएको थियो ।

 



प्रतिक्रिया दिनुहोस !