१२ श्रावण २०८१, शनिबार

डोटीमा जीप दुर्घटना हुँदा वडासचिव सहित ४ जनाको मृत्यु ,४ जना घाइते

प्रकाशित मिति :  6 December, 2020 6:49 am


दुर्घटनाग्रस्त जीप

डोटी,२१ मंसिर ।

डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नं ७ चवराचौतारामा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । ४ जना घाइते भएका छन् ।

दिपालयबाट चवराचौतारा जाँदै गरेको म १ च ५५० नम्बरको जीप दुर्घटना हुँदा बोगटान फुड्सिल गाउँपालिका वडा नं. ७ चवराचौताराका वडा सचिव मन्जु त्रिपाठी उनकी ३ वर्षीय छोरा र उनकी सासु आमा र ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनामा कार्यरत केआईसिंह गाउँपालिका वडा नं ४ चनेकेसैन निवासी कृषि प्राबिधिक हरि भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरिक्षक ईन्द्रबहादुर मल्लले जानकारी दिए ।

घाइते हुनेहरूमा ग्लोबल आईएमई बैँकमा कार्यरत सुरक्षा गार्ड टिकाराम गिरी, उनकी श्रीमती खेमा गिरी, खत्याडी माध्यामिक विद्यालयका शिक्षक हेमन्त भट्ट, चालक कैलाश बम रहेका छन् ।

अन्यको घटनास्थलमै र बालकको उपचारका लागि दिपायल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको बोगटान फुड्सिल गाउँपालिकाका उपाध्यक्ष भगवती बमले जानकारी दिइन् । गएराति १ बजेतिर जीप दुर्घटनाग्रस्त बनेको हो ।

हिजो मात्रै हुम्लामा भएको बोलेरो जीप दुर्घटनामा ४ जनाको मृत्य र सात जना घाइते भएका थिए । जिो राती लु २ च २१०२ नम्वरको बलेरो जीप हेप्काखोलाबाट बिरामी लिएर सिमीकोट आउनेक्रममा सिमकोट गाउपालिका ७ मा जुर्घटना भएको थियो ।



प्रतिक्रिया दिनुहोस !