१२ श्रावण २०८१, शनिबार

लोकसेवा आयोगको सर्भर ह्याक गरेर एसएमएस गरेको आरोपमा ३ जना पक्राउ

प्रकाशित मिति :  7 December, 2020 7:07 pm


काठमाडौं,२२ मंसिर ।

लोकसेवा आयोगको सर्भर ह्याक गरेर परीक्षार्थीलाई जथाभावी एसएमएस गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

लोक सेवा आयोगको सर्भर ह्याक गरी ९ हजार जनाको टेलिफोन नम्बरमा जथाभावी एसएमएस गर्ने ललितपुरबाट १ जना र पोखराबाट २ जनालाई पक्राउ गरेको नेपाल प्रहरीको साइबर ब्यूरोले जनाएको छ ।

ब्यूरोले ललितपुरको महालक्ष्मी नगरपालिका-९ सानोगाउँका २५ वर्षका विवेक महर्जन, कास्कीको पोखरा महानगरपालिका छोरेपाटनका १७ वर्षका युवक र घारीपाटनका १५ वर्षका युवकलाई पक्राउ गरेको जनाएको छ ।

उनीहरुले सरकारी सूचना प्रवाहको आधिकारिक विद्युतीय माध्यममा अनधिकृत पहुँच पुर्‍याई विद्युतीय कारोबार ऐन २०६३ को परिच्छेद ९ बमोजिमको कसूर गरेको साइबर ब्यूरोका प्रवक्ता एसएसपी नविन्द अर्यालले जारी गरेका विज्ञप्तिमा उल्लेख छ । उनीहरुलाई पक्राउ गर्न प्रहरीले ‘ह्याकर हन्ट’ सञ्चालन गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !