१६ चैत्र २०८०, शुक्रबार

कृषि मन्त्रालयले भन्यो:प्रयाप्त मात्रामा मल ढुवानी भइरहेको छ, समस्या परे फोन गर्नुहोला (सम्पर्क नम्बरसहित)

प्रकाशित मिति :  13 December, 2020 8:14 am


काठमाडौं,२८ मंसिर ।

गहुँको सिजनमा पनि मल अभावको गुनासो आउन थालेपछि कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले प्रयाप्त मात्रामा मल ढुवानी भइरहेको भन्दै समस्या देखिए खबर गर्न ‘फोकल पर्सन’ तोकेको छ ।

कृषि मन्त्री घनश्याम भुसालका स्वकीय सचिव शालिक भण्डारीका अनुसार कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कम्पनीका सबै गोदाम र डिपोहरुमा रासायनिक मल (युरिया, डिएपी र पोटास) उपलब्ध छ । उनले भनेका छन्,”नियमित, सहज र बढ्दो परिमाणमा मल आपूर्ति र ढुवानी पनि भइरहेको छ । वितरक सहकारी र किसानहरुले तत्काल आवश्यक मल मात्र खरिद गर्दा हुन्छ, भण्डारण गरिराख्नु पर्दैन । गोदाम र डिपोमा भएका मल वितरणमा कारणवस १/२ दिन तलमाथि भइहाले पनि तुरुन्तै समाधान गर्न सकिने छ ।”

स्थानीय तहले मल वितरणका लागि निश्चित कार्यक्षेत्र तोकेर सहकारी सूचीकृत गरि मल खरिद गर्न कम्पनीमा सिफारिस गर्नुपर्ने व्यवस्था नयाँ निर्देशिकाले गरेको मन्त्रालयले स्मरण गराएको छ । रितपूर्वक सिफारिस भएका सहकारीलाई मात्र मल उपलब्ध हुन सक्छ भन्दै मन्त्रालयले वितरक सूचीकरण, सिफारिस र अनुगमनमा स्थानीय तहको सहयोग र सकृयता अपेक्षित छ रहेको उल्लेख गरेको छ ।

मन्त्रालयका स्वकीय सचिव भण्डारीले सूचीकृत सहकारीले मल खरिद गर्दा कुनै समस्या भएमा, मल पाउन नसकेमा वा वितरण सम्बन्धी कुनै पनि समस्या देखिएमा सहकारीले गोदाम वा डिपो प्रमुखसँग सम्पर्क गर्न आग्रह गरेका छन् । गोदाम वा डिपो प्रमुखबाट समस्या समाधान हुन नसकेमा वा नगरेमा सम्पर्क गर्न मन्त्रालयले भनेको छ । मलको समस्या भएमा सम्पर्क गर्न सकिने व्यक्तिहरु:

– नेत्र भण्डारी, ९८४१५७२०७९, प्रबन्ध निर्देशक, कृषि सामग्री कम्पनी ।
-राजेन्द्र कार्की, ९८४१४७०७६३, वितरण महाशाखा प्रमुख, कृषि सामग्री कम्पनी ।
– पंकज जोशी, ९८५१११३३२१, साल्ट ट्रेडिङ कम्पनी ।

मन्त्रालयले सहजीकरण गर्नु परेमा:

-अरुण जिसी, ९८४१४७६१९५, मल शाखा, कृषि तथा पशुपन्छी विकास मन्त्रालय ।
– शालिकराम भण्डारी, ९८५१११९९१४, स्वकीय सचिव, कृषि तथा पशुपन्छी विकास मन्त्री ।



प्रतिक्रिया दिनुहोस !