१२ श्रावण २०८१, शनिबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्‍त बस्न्यात पुर्पक्षका लागि थुनामा

प्रकाशित मिति :  13 December, 2020 8:24 pm


काठमाडौं, २८ मंसिर ।

विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्‍त दीप बस्न्यातलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

काठमाडौं बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको विषयमा विशेष अदालतले बस्न्यातलाई थुनामा पठाउन आदेश दिएको हो ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इलजासले बस्न्यातलाई थुनामा पठाउने आदेश दिएको हो । उनलाई आजै डिल्लीबजार कारागार पठाइएको छ ।

बस्न्यात अख्तियारको आयुक्त हुनुअघि तत्कालिन समयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिव भएका बेला बालुवाटार जग्गा प्रकरणमा मुछिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड ६५ लाख रुपैयाँ विगो माग गरी २०७६ माघ २२ गते मुद्दा दायर गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !