१५ बैशाख २०८१, शनिबार

सुनको मुल्यमा सामान्य गिरावट

प्रकाशित मिति :  14 December, 2020 1:02 pm


काठमाडौं, २९ मंसिर ।
साताको पहिलो दिन स्थिर रहेको छापावाल सुनको मुल्य सोमबार भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन १०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार ४०० रुपैयाँ र तेजाबी सुन ९१ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

साताको पहिलो दिन स्थिर रहेको सुनको मुल्य ९२ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ५० रुपैयाँमा कारोबार भएको छ।
त्यस्तै साताको पहिलो दिन स्थिर रहेको चाँदीको मुल्य आज पनि स्थिर रहँदै तोलाको १ हजार २०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !