संवैधानिक परिषद सम्बन्धि अध्यादेश जारी, नेकपामा संकट गहिरियो
प्रकाशित मिति : 15 December, 2020 4:29 pm

काठमाडौं,३० मंसिर ।
सरकारले बहुमत सदस्यको उपस्थितिमै संवैधानिक परिषदको बैठक बस्न सक्ने व्यवस्था गरेर अध्यादेश ल्याएको छ ।
दुई वटा बैठकमा सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि प्रधानमन्त्री ओलीले तत्काल मन्त्रिपरिषद बैठक बोलाएर अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गरेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश प्रमाणीकरण गरेकी छन् । संवैधानिक परिषद अाजै ५ बजेका लागि बोलाइएको छ ।
प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता र प्रतिनिधिसभाका उपसभामुख सदस्य रहने व्यवस्था छ ।
जसमा ४ जनाको उपस्थितिलाई गणपुरक संख्या मानिन्थ्यो । तर अब बहुमत संख्याले निर्णय गर्न सक्नेछ ।