१२ श्रावण २०८१, शनिबार

अध्यादेश जारी गरेपछिको संवैधानिक परिषद् बैठक सुरु

प्रकाशित मिति :  15 December, 2020 5:59 pm


 

काठमाडौं,३० मंसिर । 

संवैधानिक परिषद सम्बन्धि अध्यादेश जारी गरेपछिको संवैधानिक परिषद् बैठक सुरु भएको ।

विहान बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि बैठक स्थगित भएको थियो । त्यसपछि प्रधानमन्त्री ओलीले तत्कालै मन्त्रिपरिषद् बैठक बोलाएर अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गरेका थिए । सिफारिस लगत्तै राष्ट्रपतिले अध्यादेश जारी गरेर राजपत्रमा प्रकाशित भएपछि आजै अर्को बैठक बसेको  हो ।

सरकारले संवैधानिक परिषदमा सभामुख र प्रमुख प्रतिपक्षी दलका नेता नभएपनि निर्णय गर्न सक्ने गरि संवैधानिक परिषद् सम्बन्धित अध्यादेशमा व्यवस्था गरिएको छ ।

आइतबार र मंगलबार गरी दुईपटक परिषदको बैठकमा गणपूरक संख्या नपुगेपछि सरकारले आज दिउँसो अध्यादेश जारी गरेको हो । सरकारले संवैधानिक परिषदसम्बन्धी ऐनको दफा ६ को उपदफा ३ संशोधन गरी ल्याएको अध्यादेश अनुसार अब ३ सदस्य उपस्थित भए गणपूरक संख्या पुरा भएको मानिने छ।

हाल परिषदमा ५ जना सदस्य बहाल छन् भने उपसभामुख रिक्त रहेको छ। अध्यादेशपछि सभामुख सापकोटासँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवापनि बैठकमा अनुपस्थित भएका छन् ।



प्रतिक्रिया दिनुहोस !