१२ श्रावण २०८१, शनिबार

अमेरिकी अधिकारीहरुद्धारा देशभित्र साइबर हमलाको ‘संगीन खतरा’ रहेको चेतावनी

प्रकाशित मिति :  18 December, 2020 7:51 am


काठमाडौं,३ पुस ।

अमेरिकाका अधिकारीहरुले देशभित्र साइबर हमलाको ‘संगीन खतरा’ रहेको चेतावनी दिएका छन् ।

उनीहरुले संवेदनशील पुर्वाधार तथा निजी क्षेत्रको गम्भीर खतरा रहेको चेतावनी दिएका हुन् । एउटा ह्याकिङ अभियानको पर्दाफास गरेलगत्तै अमेरिकी अधिकारीहरुले उक्त जानकारी गराएका हुन् ।

साइबर हमलामार्फत अमेरिकी वित्त तथा वाणिज्य मन्त्रालयलाई निशाना बनाईएको थियो । अमेरिकाको साइबर सेक्युरिटी तथा इन्फ्रास्ट्रक्चर एजेन्सी(सीआईएसए) ले भनेको छ कि यस साइबर आक्रमण रोक्ने विषय निकै पेचिलो बन्ने छ । यो साइबर हमलाको पछाडि रुस सरकारको हात रहेको आशंका गरेका छन् तर रुसले यसलाई अस्वीकार गरेको छ ।

सीआईएसएले भनेको छ,“सरकारी एजेन्सी,संवेदनशील पूर्वाधार तथा निजी क्षेत्रका संस्थालाई एक लगातार अघि बढिरहेको खतरनाक खेलाडी जस्तो गरेर निशाना बनाईएको थियो र यसको सुरुवात मार्च २०२० मा भएको थियो ।”

सीआईएसएका अनुसार ह्याक गर्नुको पछाडि जो व्यक्ति छ उसको धैर्यता कार्यगत सुरक्षा तथा यसखालको जानकारी राखिरहेको छ । यो ह्याकिङ अभियानका क्रममा अमेरिकाको कैयौं सरकारी एजेन्सीलाई निशाना बनाएको थियो भने विदेश,रक्षा, आन्तरिक सुरक्षा,वित्त तथा वाणिज्य जस्ता विभागका गोप्य डाटाहरु पहुँचमा पुगेको बीबीसीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !