१५ बैशाख २०८१, शनिबार

सुनको मुल्य प्रतितोला ८ सयले बढ्यो

प्रकाशित मिति :  18 December, 2020 1:02 pm


काठमाडौं, ३ पौष ।
केही दिन यता बढ्दै गएको सुनको मुल्य साताको कारोबार अन्तिम दिन पनि ८ सयले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन ८०० रुपैयाँले घटेर प्रतितोला ९४ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९३ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार नेपाली बजारमा छापावाला सुन प्रतितोला मुल्य ९३ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९३ हजार ५० रुपैयाँमा कारोबार भएको छ।

त्यस्तै बिहीबार प्रतितोला २५ रुपैयाँले बढेर १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य आज पनि २५ रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ८० रुपैयाँ कायाम भएको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !