२६ बैशाख २०८१, बुधबार

युनाइटेड इदी–मर्दीको शेयर धितोपत्र बोर्डमा सुचिकृत, ओपनिङ रेन्च कति ?

प्रकाशित मिति :  18 December, 2020 2:18 pm


काठमाडौं, ३ पौष ।
भर्खर आइपिओ निष्कासन गरेको युनाइटेड इदी–मर्दीको एण्ड आरबि हाइड्रोपावर लिमिटेडको साधारण शेयर आज नेपाल धितोपत्र बोर्डमा सुचिकृत भएको छ ।

बोर्डबाट आइतबारदेखि पहिलो कारोबारका लागि न्युनतम ९८ रूपैयाँ ७९ पैसादेखि अधिकतम २९६ रूपैयाँ ३७ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।

कम्पनीको ४२ लाख कित्ता साधारण शेयर (आइपिओ) धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकृत भएको छ ।

कम्पनीको आइपिओलाई शेयर कारोबार गर्नका लागि बोर्डले UMRH कोड प्रदान गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस !