१२ श्रावण २०८१, शनिबार

संसद विघटनको सिफारिस गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक: पूर्वसभामुख घर्ती

प्रकाशित मिति :  20 December, 2020 12:46 pm


काठमाडौं,५ पौष ।

पूर्वसभामुख ओनसरी घर्तीले संसद विघटनका लागि सिफारिस गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक रहेको टिप्पणी गरेकी छन् ।

पूर्वसभामुख घर्तीले आफूले चलाउन सकिन भनेर असंवैधानिक कदम चाल्न नहुने उल्लेख गरेकी छन् । पूर्व सभामुख घर्तीले आफूले चलाउन सकेन भनेर असंवैधानिक काम गर्न नहुने उनको तर्क थियो ।

राष्ट्रपतिले यो असंवैधानिक कदमलाई रोकेर दुर्घटनाबाट बचाउने विश्वास व्यक्त गरेकी छन् । आइतबार बिहानै बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद विघटन गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो।



प्रतिक्रिया दिनुहोस !