प्रधानमन्त्रीको कदम संविधान भन्दा बाहिर : पूर्वसभामुख महरा
प्रकाशित मिति : 20 December, 2020 1:26 pm

दाङ,५ पौष ।
पूर्वसभामुख कृष्णबहादुर महराले संसद् विघटन गर्ने प्रधानमन्त्रीको सिफारिस संविधानभन्दा बाहिर रहेको बताएका छन् । आज मन्त्रपरिषद् बैठकले राष्ट्रपति समक्ष संसद् विघटनको सिफारिस गरेपछि प्रतिकृया दिदै महराले संसद् विघटन र मध्यावधिको प्रावधान संविधानमा नरहेको स्पष्ट पारे ।
उनले भने,”प्रधानमन्त्रीले संसद् विघटनको सिफारिस नगरी संसद्मै सबै कुराको सामना गर्नुभएको भए राम्रो हुने थियो ।”