१२ श्रावण २०८१, शनिबार

लुम्बिनी प्रदेशका मुख्य मन्त्री पोख्रेलद्धारा प्रधानमन्त्री ओलीको बचाउ

प्रकाशित मिति :  20 December, 2020 8:00 pm


काठमाडौं, ५ पौष ।

लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमको समर्थन गर्दै बचाउ समेत गरेका छन् । ओली निकट पोखरेलले प्रधानमन्त्री ओलीको निर्णय बाध्यात्मक कदम भएको बताएका छन् ।

उनले पुरोना जनादेशको सान्दर्भिकता स्थापित नभएको अवस्थामा नयाँ जनादेशको खोजी लोकतन्त्रमा स्वभाविक भएको उल्लेख गरेका छन् । सामाजिक सञ्जालमा उनले भनेका छन् , “पार्टी एकताको मर्म विपरितको समिकरण,विधान विपरितको पहिलो वरियताका अध्यक्ष तथा प्रधानमन्त्रीका विरुद्धको संगिन आरोप सहितको प्रस्ताव र दलभन्दा वाहिरवाट अविश्वास प्रस्ताव दर्ताको चलखेल रोक्ने प्रयास असफल भएपछिको वाध्यात्मक कदमका रुपमा ताजा जनादेशमा जाने निर्णय आएको हो । पुरानो जनादेशको सान्दर्भिकता स्थापित नभएको अवस्थामा नयाँ जनादेश खोजी लोकतन्त्रमा स्वभाविक मानिन्छ ।”

चुनावले लोकतन्त्र सुरक्षित र सुदृढ हुने भन्दै पोखरेलले भनेका छन्,”चुनावले लोकतन्त्र सुरक्षित र सुदृढ हुन्छ । सडक आन्दोलनको वाटोले प्रतिकृयावादी र दक्षिणपंथीहरुलाई फाईदा पुर्याउन सक्छ । गंभीर र जिम्मेवार बनौ ।”



प्रतिक्रिया दिनुहोस !