२१ बैशाख २०८१, शुक्रबार

२०७४ सालको प्रतिनिधि सभा अन्तर्गत रोल्पाको चुनावी मतपरिणाम कस्तो थियो ?

प्रकाशित मिति :  21 December, 2020 8:02 am


काठमाडौं, ६ पौष । 

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधि सभा विघटन गरेर चुनावको मिति समेत घोषणा गरिसकेकी छन् । अझैपनि २ वर्ष कार्यकाल रहेको बेलै प्रतिनिधि सभा विघटन गरेर चुनावको मिति तय गरेपछि आगामी निर्वाचनमा चासो हुनु स्वभाविक हो ।

२०७४ सालको प्रतिनिधि सभाको चुनावमा रोल्पाको चुनावी परिणाम के थियो त ? रोल्पा प्रतिनिधि सभाका लागि १ निर्वाचन क्षेत्र छ । यसअघि २ वटा निर्वाचन क्षेत्र रहेकोमा नयाँ संविधान जारीपछि एउटा मात्रै निर्वाचन क्षेत्र बनाईएको हो ।

रोल्पामा २०७४ सालको निर्वाचनमा ८ वटा राजनीतिक दलले चुनावमा प्रतिस्प्रधा गरेका थिए । जसमा नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र), नेपाली कांग्रेस, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी( राष्ट्रवादी), राष्ट्रिय जनमोर्चा, मंगोल नेशनल अर्गनाइजेसन, देशभक्त जनतान्त्रिक मोर्चा , संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनमुक्ति पार्टीले सहभागिता जनाएका थिए ।

जसमा नेकपा(माओवादी केन्द्र)का वर्षमान पुन ४२,०८४ मतसहित विजयी भएका थिए । उनका निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका अमरसिंह पुनले २०,३३७ मत ल्याएका थिए । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रले चुनावमा मिलेर गएपछि पुनले आफ्ना प्रतिद्धन्द्धीलाई झण्डै दोब्बर मतले पराजित गरेका थिए ।

समानुपातिक तर्फ भने नेकपा माओवादी केन्द्रको २७,२२० आएको थियो भने नकपा एमालेको १०५४५ मत आएको थियो । २०७४ को निर्वाचनमा रोल्पामा १,२७,६२९ जना मतदाता रहेका थिए ।



प्रतिक्रिया दिनुहोस !