२० बैशाख २०८१, बिहिबार

सुशासन विधेयकमाथि दफावार छलफल शुरु

प्रकाशित मिति :  5 December, 2019 10:33 pm


बुटवल, १९ मंसिर

प्रदेश नं ५ को सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि आजदेखि दफावार छलफल शुरु भएको छ । प्रदेशसभाको प्रदेश मामिला तथा कानून समितिमा विधेयकमाथिको दफावार छलफल शुरु भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव टेकनारायण पाण्डे र आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव शङ्करप्रसाद खरेलको उपस्थितिमा समितिले विधेयकमाथि दफावार छलफल गरेको हो ।

समितिका सभापति दामाकुमारी शर्माको सभापतित्वमा बसेको बैठकमा समितिका सदस्य भोजप्रसाद श्रेष्ठ, रमा अर्याल, खड्गबहादुर खत्री, सरस्वती गौतम, भगवतीदेवी भण्डारीले विधेयकका केही दफामा भएका अस्पष्टताबारे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव र आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिवसँग जिज्ञासा राख्नुभएको थियो । ५६ दफामध्ये विधेयकको ३३ दफामाथि दफावार छलफल सकिएको समितिका सचिव सीता घिमिरेले जानकारी दिनुभयो ।



प्रतिक्रिया दिनुहोस !