१७ बैशाख २०८१, सोमबार

संसद विघटनको विरुद्धमा धमाधम सर्वोच्चमा रिट पेश

प्रकाशित मिति :  21 December, 2020 1:34 pm


कठमाडौं, ६ पुस ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफरिसमा संसद विघटन गरे पछि कानुन व्यवसायीहरुले संसद विघटनको विरुद्धमा धमाधम सर्वोच्चमा रिट पेश गरेका छन् ।

संसद् विघटन गरेकै दिन आइतबार सर्वोच्चमा ३ वटा रिट पेश भएको थियो भने  आज ६ वटा रिट गरी अहिले सम्म ९ वटा रिट पेश भएको सर्वोच्चका प्रवक्ता भद्रकारली पोखरेलले बताए ।

रिट पेश गर्ने कानुन व्यवसायीहरुमा शुलभ खरेल, लोकेन्द्र वली, ज्ञानेन्द्र आरण, दिनेश त्रिपाठी, शालीकराम सापकोटा, मणिराज उपाध्याय, सन्तोष भण्डारी, कञ्चनकृष्ण न्यौपाने र कलमबहादुर खत्री रहेका छन्।

तर अहिले सम्म पेश भएका कुनै पनि रिट दर्ता नभएको प्रवक्ता पोखरेलले जानकारी दिए ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि अब यो निर्णय उल्ट्याउने विकल्प न्यायालयसँग मात्र रहेको छ ।



प्रतिक्रिया दिनुहोस !