१७ बैशाख २०८१, सोमबार

संसद विघटन भएपछि कांग्रसले बोलायो सर्वदलीय बैठक

प्रकाशित मिति :  21 December, 2020 2:08 pm


काठमाडौं, ६ पुष ।
राष्टपतिले वर्तमान संघीय संसद विघटन गरेपछि प्रम’ख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशको पछिल्लो राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको छ ।

कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आज अपराह्न ४ः०० बजे बस्ने बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टीलगायत दलका शीर्ष नेतालाई बोलाइएको पार्टी कार्यालयले जनाएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले सङ्घीय संसद्को वर्तमान प्रतिनिधिसभा विघटन गरी विसं २०७८ वैशाख १७ र २७ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नेगरी निर्वाचनको मिति तोकेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस !